मंगलबार, माघ १३, २०८२

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

मेरोन्यूज २०७९ कार्तिक २६ गते १६:३९

काठमाडौँ । बलात्कारको आरोप धादिङ सिद्धलेख गाउँपालिका २ पात्ले घर भई हाल काठमाडौँ महानगर १५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी पक्राउ परेका छन् ।

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरीले प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले बालिकालाई ललाई फकाई काठमाडौँ महानगर १५ स्वयम्भू
स्तुपा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया