नेपालले ५ वर्षपछि पहिलो पटक यू-१९ महिला विश्वकप आयोजना गर्ने

काठमाडौं । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा संयुक्त रुपमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई सहआयोजक बनाएको कारण २०२७ को यू–१९ महिला विश्वकप नेपालमा पनि हुन लागेको हो ।
आईसीसीले नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । तर विश्वकप आयोजना गर्न पाएको नेपालले अहिलेसम्म यू(१९ महिला विश्वकप खेलेको छैन ।
आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।
जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्यले आयोजना गर्ने छन् ।
यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।
सन् २०२३ को पहिलो संस्करणको यू(१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो ।
नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी(२० विश्वकप खेलेका थिए । यस्तै यू(१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया