नेपाललाई २६४ रनको लक्ष्य
मेरोन्यूज
२०७९ कार्तिक २८ गते १३:३३

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो । युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन बनाए । यस्तै, ओपनर अरविन्दले ४० रन बनाए । मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काको मद्दतमा ४४ रन जोडे । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया