चुनावको बेला तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता
काठमाडौँ । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।
निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुन सक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतबार राति बेतहनीमा अवैध रुपमा भित्रिएको ३५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए ।
रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शंकाका आधारमा सोधपुछ गर्दा अवैध रुपमा भित्रिएको गहुँ फेला पारेपछि आइतबार राति नै गहुँसहित उक्त ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
सुरक्षा गस्तीका क्रममा अन्य स सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ता कपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ ।
अवैध गहुँसहित पक्राउ परेको ट्रकमा ४२० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा ३५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए । ‘उक्त गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुन सकेको छैन, आज बयान हुँदैछ,’ भट्टले भने ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया