ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

न्युयोर्क । रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ । रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो ।
“हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औं कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,“ हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत भने । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।
सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठूलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ ।
१०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ ।
अहिले न्यान्सी पेलोसी सभामुख छिन् ।एजेन्सी
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया