‘युक्रेनको गोलाबारीमा ५० रुसी सेना मारिए’
मेरोन्यूज
२०७९ मंसिर १ गते ७:४६

किभ। युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिए वा घाइते भएका युक्रेनले दाबी गरेको छ । एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।
मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर (४५ माईल) टढाा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले फेसबुक पोस्टमा बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन् ।
अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ। पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठूलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।एजेन्सी
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया