हेल्प फर ह्युमानिटीको सहकार्यमा पारस खड्काद्वारा क्रिकेट किट हस्तान्तरण

काठमाडाँै । हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ । नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले सुदूरपश्चिम दार्चुलाका अभिजित अैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।
क्रिकेट खेलप्रति लगाव रहेको तर आर्थिक अवस्था कमजोर रहेका अैरेलाई पर्यटन व्यवसायी शेर्पासँगको सहकार्यमा किट प्रदान गरिएको हो । क्रिकेट किट प्रदान गर्दै पूर्व कप्तान खड्काले अैरेलाई सफल खेलाडी बन्न शुभकामना दिए ।
‘सहयोगको लागि हेल्प फर ह्युमानिटी टिम र सोनाम ज्यूलाई धन्यवाद, अभिजित अैरे भाइलाई सफल खेलाडी बन्न शुभकामना,’ उनले भने, ‘हेल्प फर ह्युमानिटी नेपालले पनि आवश्यक पर्नेहरुलाई मात्रै सहयोग गर्नु होला ।’
खेल जस्तै शिक्षा, स्वास्थ्य जस्ता जुनसुकै क्षेत्रमा आवश्यक पर्नेलाई सहयोग गर्न उनले हेल्प फर ह्युमानिटी नेपाललाई सुझाव दिए ।
यस्तै, पर्यटन व्यवसायी शेर्पाले विगतमा आफूले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको जानकारी गराए । ‘पहिला म पनि खेलप्रेमी थिए, त्यतिखेर रहर भए पनि आर्थिक अभावका कारण खेल सामाग्रीहरू किन्न सकिदैन थियो,’ उनले भने, ‘आफूले जस्तो समस्या भोग्नु नपरोस भनेर सहयोग गरेको हो ।’
यसैगरी, संस्थाका कोषाध्यक्ष चिरनजीवि अधिकारीले पर्यटन व्यवसायी शेर्पाप्रति आभार व्यतm गर्दै इच्छुक संघ संस्था वा समाजसेवीहरूलाई संस्थासँग सहकार्य गर्दै अघि बढ्न आह्वानसमेत गरे । हेल्प फर ह्युमानिटी नेपालले गर्ने सहयोग निरन्तरता रहने संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्काले जानकारी गराए ।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया