पाकिस्तानका छ वटा प्रहरी चौकीमा आक्रमणको धम्की
मेरोन्यूज
२०७९ मंसिर ११ गते १९:०८
काठमाडौँ । मोस्ट वाण्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छ वटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ ।
यस हप्ताको शुरुमा अपराधीले हिंसक झडपमा प्रहरी बलविरुद्ध रकेट लञ्चर, मोर्टार र अन्य हतियारहरू प्रक्षेपण गरेका थिए । हालै भएको भिडन्तमा पाकिस्तानको डेरा गाजी खानका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) खुर्रम अली शाहका अनुसार पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउण्डलाई गोली हानाहानमा मारिएको थियो ।
झडपमा पाँच प्रहरीसहित कम्तीमा १२ जना घाइते भएका थिए । झडपमा हतियारधारी आतंककारीले थुप्रै बुलेट प्रुफ गाडी छोडेर भागेका थिए ।
यसबाहेक पञ्जाब प्रहरीले बलूच आतङ्कवादी समूहले दिएको कडा धम्कीको जवाफमा प्रहरी प्रतिकारका लागि तम्तयार रहेको बताइएको छ ।
सम्बन्धित
















कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया