सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ ।
१५१ कम्पनीको सेयर ओरालो लागेको र सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ ।
आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया