इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या
मेरोन्यूज
२०७९ मंसिर १३ गते ७:४८

तेहरान । इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई गोली हानेर हत्या भएकोे छ । इस्फाहानको मध्य सहरमा भएको आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको स्थानीय डेपुटी गभर्नर मोहम्मद–रेजा जन्नेसरीले जानकारी दिए ।
ती व्यक्ति आइआरजीसी बसिज मिलिशियाको सदस्य रहेको बताइएको छ । नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार प्रहार गर्दा एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको मृत्यु भएको थियो ।
दुई महिनाभन्दा बढी लाो समयदेखि चलेको विरोधले इस्लामिक गणतन्त्र इरान अस्तव्यस्त छ। १६ सेप्टेम्बरमा एक युवतीको मृत्युको विरोधमा इरानभर प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन् ।एजेन्सी
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया