पुटिनसँग वार्ता गर्ने बाइडेनको आसय छैनः ह्वाइटहाउस

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कुनै आसय नरहेको बताएका छन् । ‘बाइडेनको रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने कुनै आशय छैन । पुटिनले पनि कुनै पनि वार्ता प्रति झुकाव राख्ने चासो देखाएका छैनन् ’, ह्वाइट हाउस नेसनल सेक्युरिटी एडभाइजर जोन किरबाइले सञ्चारकर्मीलाई भने ।
बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा क्रेमलिन नेताले “युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका छन् भने“ युक्रेन आक्रमणको समाधानका लागि पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।
तर, क्रेमलिनले बाइडेनको अस्थायी प्रस्तावलाई स्वीकार गरेन । क्रेमलिन , प्रवक्ता दिमित्री पेस्कोभले बाइडेनको शर्त “पुटिनले युक्रेनमा हमला गर्न छोडेपछि मात्र“ भएको बताए ।
यसैबीच किर्बीले पश्चिमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग वार्ता गर्न दबाब नदिएको बताए । युक्रेनी सेनाले आक्रमणकारी सेना विरुद्ध बारम्बार सफलता हासिल गरेको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया