शिवम् सिमेन्टको उपहार योजना : “शिवम् सँग उपहार टन्न”

काठमाडौं । शिवम् सिमेन्टले “शिवम् सँग उपहार टन्न” नामक ग्राहकमुखी आकर्षक उपहार योजना घोषणा गरेको छ। “शिवम्सँग उपहार टन्न” नामक उपहार योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने र उक्त कुपन स्क्याच गरि रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री उपहार जित्न सक्ने जनाईएको छ ।
त्यस्तै सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म उपहार जित्ने मौका पाउने समेत शिवम सिमेन्टले बताएको छ ।
जस अनुसार हरेक महिनाको लक्की-ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्ने जनाएएको छ ।
तर अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने र मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुने उसले जनाएको छ । मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्ने सिमेन्ट कम्पनीले घोषणा गरेको छ ।
लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गर्ने कम्पनीको भनाई छ ।
स्क्याच मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।
शिवम् सिमेन्ट एक मात्र ओ.पि.सि सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको एकमात्र सिमेन्ट उद्योग हो । ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
प्रतिक्रिया