भिभोद्वारा पाँचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारसहित सेल्स कार्निभल आयोजना

काठमाडौँ । भिभो एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्डले आज नेपालमा आफ्नो पाँच वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदेखि बजारमा आफ्नो बलियो उपस्थितिको फल स्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्डहरूमध्ये एक बन्न सफल भएको हो ।
पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना प्यारो उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरू र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट शुरु गरेको छ ।
भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्रमा दुई जनाले ४३ इञ्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई १५ सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेण्टीसहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउने छन् ।
यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरूले भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्ने छन् ।
पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् । जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई २१ (४+६४जीवी)को मूल्यमा हजारले घटाइएको छ ।
त्यस्तै, वाई १५ एस र वाई १५ सी को मूल्य १५ सयले घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई २१, वाई १५ एस र वाई १५ सी को नयाँ मूल्य क्रमशः २१ हजार ९९९, रु १८ हजार ४९९ र रु.१६ हजार ४९९ रहेको छ ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया