स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित
मेरोन्यूज
२०७९ मंसिर १८ गते १९:५७

काठमाडौँ । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग २ अन्तर्गत एक दिवसीय शृङ्खलामा स्कटल्याण्डले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।
नेपालले जीतका लागि प्रस्तुत गरेको १३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्राण्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए ।
विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए ।
ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए ।
सम्बन्धित
















रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया