मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारी

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो ।
समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ । त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी समेत लिएका छन् । त्यसैगरी दुवै पक्ष एक अर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरियो ।
यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताए । प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाइ छ । समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा विनोद यादवसहितको उपस्थिति थियो ।
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया