अमेरिकामा रगत परीक्षणमा ठगी, १० हजार करोड रुपैयाँ क्षतिपूर्ति माग

काठमाडौँ । अमेरिकी एक अदालतले बिहीबार भारतीय मूलका रमेश सन्नी बलवानीलाई लगानीकर्तासँग झुटो बोलेको र करोडौं रकम ठगी गरेको भन्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।
वास्तवमा सन्नीकी पूर्व प्रेमिका एलिजाबेथ होम्सले सन् २००३ मा रक्त परीक्षण स्टार्टअप थेरानोस सुरु गरिन् । सन्नी बलवानी यस कम्पनीमा एलिजाबेथ होम्सका बिजनेस पार्टनर र प्रमुख अपरेटिङ अफिसर थिए । थेरानोसले रगत परीक्षणको क्षेत्रमा क्रान्ति ल्याउने दाबी गरेकी थिइन् ।
अदालतले बलवानीलाई १२ वटा मुद्दामा दोषी ठहर गरेको छ । तीमध्ये १० ठगीसँग सम्बन्धित छन् भने दुई षड्यन्त्रसँग सम्बन्धित छन् । अभियोजकले बलवानीलाई १५ वर्षको जेल सजाय र करिब १० हजार करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेको थियो ।
सन्नीकी पूर्व प्रेमिका र थेरानोसका संस्थापकलाई धेरै वर्षसम्म झुट बोलेको र लगानीकर्तालाई धोका दिएकोमा छुट्टाछुट्टै मुद्दा चलाइएको थियो । यस मामिलामा उनलाई गत महिना ११ वर्षको जेल सजाय सुनाइएको थियो ।
एलिजाबेथ सजायका लागि आफ्नो सम्पूर्ण परिवार र साथीसँग क्यालिफोर्नियाको अदालतमा पुगिन् । सजाय पाएपछि एलिजाबेथले आफ्ना लगानीकर्ता, मानिस र बिरामीसँग माफी मागेकी छिन् ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया