बिहेमा प्रयोग भएको पानीमा हैजाको जीवाणु, १५० जना विरामी
काठमाडौँ । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।
गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्यूठानका १५० जना बिरामी परेका थिए । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिए ।
बगनासकाली १ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्ती र पाल्पाका गाउँले र आफन्त बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।
बिरामीमध्ये ३४ जना पाल्पा मिसन अस्पतालमा उपचार गराएका थिए । बिरामीको दिसा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए ।
बिहे भोजमा प्रयोग भएको खानेकुराको भने परीक्षण गरिएको थिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाले खानेकुरा सडेका कारण परीक्षण नगरेको जनाएको छ । कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाएकाले खानेकुराको परीक्षण नगरिएको बताए ।
बिरामी भएको गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सय बढीको उपचार गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।
















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया