नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाँण
मेरोन्यूज
२०७९ मंसिर २३ गते १७:२४

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन् ।
भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्ने बताए ।
गृहमन्त्री खाँणले सिद्धार्थ मण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए ।
सिद्धार्थनगरको सुख दुःखमा साथ रहने प्रतिबद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उनको अपेक्षा थियो ।
सम्बन्धित
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया