शिविरबाट कैलालीमा १५४ जनाको आँखा शल्यक्रिया
मेरोन्यूज
२०७९ मंसिर २३ गते २०:०९

काठमाडौँ । गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा आयोजना गरेको आँखा शिविरबाट १५४ जनाको ज्योती फर्काएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका थिए ।
एक हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको सल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । १५३ जनाको आँखामा मोतियाबिन्द र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो ।
कैलालीको लम्की चुहा नगरपालिका ३ बलचौरमा सञ्चालित आँखा शिविरमा ४६७ जना आँखाका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ भने ५०८ जना आँखाका रोगीको निःशुल्क औषधि उपचार गरिएको छ ।
सम्बन्धित
















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा तीन जनालाई गोली प्रहार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया