बंगलादेशका प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेता पक्राउ

ढाका । इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ ।
बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी०का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री तथा पार्टीको शीर्ष निर्णय गर्ने निकायका सदस्य मिर्जा अब्बासलाई उनीहरुो घरबाटै पक्राउ गरेको बीएनपीको मिडिया शाखाका प्रमुख जहिरुद्दीन स्वपनले एएफपीलाई जानकारी दिए ।
‘उनीहरू सादा पोशाकका प्रहरी थिए । आलमगीरलाई उनीहरूको पहिचान थाहा थियो’ स्वपनले भने, ‘दुईलाई कहाँ लगियो भन्ने पार्टीलाई थाहा छैन ।’
ढाका महानगरीय प्रहरी प्रवक्ता फारुक अहमदले ती जोडीलाई बुधबारको झडपमा हिंसा भड्काएको र सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनालाई कामचलाउ सरकारअन्तर्गत नयाँ निर्वाचनको पक्षमा राजीनामा दिन माग गरिरहेका छन् ।
















होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया