बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन

ढाका । बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।
कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ । हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो । पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।
बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।
बंगलादेशी मुद्रा टाकाको मूल्य २५ प्रतिशतले गिरावट आएको छ, जसका कारण खाद्यान्नको आयातको लागत बढाउँदै गरिब तथा न्यून मध्यम वर्गीयलाई प्रभावित गरेको छ ।
बंगलादेशको आधा दर्जन टेलिभिजन न्युज च्यानलमध्ये कुनै पनि च्याननले प्रदर्शनको लाइभ प्रसारण गरेनन् । अधिकारीहरुले प्रसारण नगर्न दबाब दिएको आशंका बढेको छ । एजेन्सी
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया