आफै तेलको मूल्य तोक्ने देशलाई नबेच्ने रूसको निर्णय
मेरोन्यूज
२०७९ मंसिर २५ गते १४:३९

काठमाडौँ । रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ ।
‘मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौँ,’ पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने ।
‘आवश्यक परे हामी उत्पादनमा सम्भावित कमीको बारेमा विचार गर्नेछौँ,’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक एउटा मुर्ख निर्णयको संज्ञा दिएका छन् ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया