अमेरिकाको उच्च स्तरीय प्रतिनिधि मण्डलले बेइजिङको भ्रमण गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको पछिल्लो वार्तापछि अमेरिकाको उच्च स्तरीय प्रतिनिधि मण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर ११ देखि १४ सम्म चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्दै छ । ।
उच्च स्तरीय प्रतिनिधिमण्डलले अर्को वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको लागि आधार तयार गर्नेछ । गत महिना, इन्डोनेसियाको जी २० शिखर सम्मेलनको छेउमा अमेरिका र चिनियाँ राष्ट्रपतिहरू ताइवान र उत्तर कोरियाको बारेमा ‘स्पष्ट वार्ता’ मा संलग्न थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई ‘नयाँ शीतयुद्ध’मा फर्काउनबाट रोक्ने उद्देश्यले वार्ता भएको बताइएको छ ।
प्रतिनिधिमण्डलले ब्लिन्केनको भ्रमणको लागि वातावरण तयार गर्नुको साथै दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थित गर्न र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्न बैठकलाई फलोअप गर्नेछ ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया