त्रिविले ग्रेडिङ मार्क्स सच्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो ।
विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ ।
‘सेमेष्टर प्रणाली अन्तर्गतको डेभिएशन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको मुख्य विषय उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुट्ट्याएको भनी व्यापक असन्तुष्टि आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया