सेयर बजार सामान्य अंकले गिरावट
मेरोन्यूज
२०७९ मंसिर २७ गते १५:४४

काठमाडौँ । सेयर बजार मंगलबार सामान्य अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागेसँगै १८९९.७० विन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमम वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागेसँगै १२ कम्पनी स्थिर रहेको छ ।
यस्तै, कूल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा मंगलबार नविल बैंक शीर्ष स्थानमा छ । आज सात करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी र तेस्रोमा सुम्मीत लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया