इरानमा मानवाधिकार हनन गर्नेविरुद्ध प्रतिबन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानमा मानवअधिकार हनन गर्नेविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । इरानमा जारी प्रदर्शन र त्यसमा सहभागी भएकाहरूप्रति प्रशासनले दमन गरेकाले प्रतिबन्ध लगाउनुपरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले स्पष्ट गरेका छन् ।
विश्वका अन्य देशसँग मिलेर इरानी दमनको निन्दा गरिएको बताउँदै उनले सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा दमन हुननहुनेमा जोड दिए । युरोपेली सङ्घको विदेश मन्त्रीहरूले पनि इरानी धार्मिक नेता, वरिष्ठ अधिकारी र उच्च सरकारी कर्मचारीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।
सरकार विरोधी प्रदर्शनमा उत्रेका दुई जनालाई दोस्रो पटक सार्वजनिक मृत्युदण्ड दिएपछि अमेरिका र युरोपेली देशले इरानमाथि प्रतिबन्ध लगाएका हुन् । गत सोमबार पनि मानव अधिकार उल्लङ्घनको आरोपमा २० व्यक्ति र एक संस्थामाथि प्रतिबन्ध लगाइएको थियो । रुस र अफगानिस्तान, भेनेजुएला, इरान, चीन र अन्य देशमा पनि मानवाधिकारको स्थिति दयनीय भएकामा अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
यसअघि अमेरिकाले मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको थियो । बाइडेन प्रशासनले लगाउने प्रतिबन्धबाट अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रा गर्न नपाइने तथा व्यापारिक कारोबार पनि बन्द हुनेछ ।
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया