विश्वकपमा पौन आठ करोडको सट्टेबाजी गराउने युवक पक्राउ

काठमाडौँ । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने युवक पक्राउ परेका छन् । फिफा विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा बेटिङ एप्लिकेसनलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गराउने युवक पक्राउ परेका हुन् ।
प्रहरीले बिहीबार काठमाडौँको कमलपोखरीबाट लमजुङको सुन्दरबजार घर भएका सुजन गौलीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा गौलीले इसेवा, आईएई पे, खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत हालसम्म दुई करोड ३६ लाख ३३ हजार बराबरको कारोबार गरिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै, अन्य २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत सात करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।
प्रहरीले उनको साथबाट आइफोन एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, एनटिसीको मोबाइल सिमकार्ड दुई थान, एनसेलको दुई थान, स्मार्टको सिमकार्ड एक थान, युएईको सिमकार्ड एक थान, नबिल बैंकको चेक र ग्लोबल आईएमई बैंकको भिसा कार्ड एक थानसमेत बरामद गरेको छ ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया