युक्रेनमा गोलाबारी दुई जनाको मृत्यु, खेरसनमा विद्युत कटौती
मेरोन्यूज
२०७९ मंसिर २९ गते १८:४८

काठमाडौँ । रुसद्वारा गरिएको गोलाबारीले युक्रेनको दक्षिणी शहर खेरसनमा दुई जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा विद्युत कटौतीसमेत भएको छ ।
राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् ।
क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भने, ‘दुई जनाको मृत्यु भएको जानकारी छ, आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन्, आक्रमणले शहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ ।’
शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ । रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब तीन लाख जनसङ्ख्या भएको खेरसनलाई कब्जामा लिएको थियो ।
यद्यपि, युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्त्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो ।
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया