शुक्रबार, चैत ६, २०८२

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

मेरोन्यूज २०७९ पुष १ गते १३:५५


काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ८०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो । 

प्रतिक्रिया