सोमालियाली सेनाद्वारा अल–शबाबका ८८ लडाकू मारिए
मेरोन्यूज
२०७९ पुष १ गते २१:१७
काठमाडौँ । सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन् ।
उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार सुरक्षा बलले मध्य शाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेका र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेका छन् ।
अल अदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो ।
सोमालियाको मध्य भागमा हालैका दिनहरूमा सरकारी फौजले अल–शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया