पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…

इस्लामाबाद । भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ ।
संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ ।
मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन । ’
‘यी टिप्पणीहरू पाकिस्तानका लागि पनि नयाँ न्यून हो । पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । पाकिस्तानले आफ्ना अल्पसंख्यकहरुको व्यवहारमा धेरै परिवर्तन नगरेको पनि भारतले आरोप लगाएको छ ।
बिलाबालको अभिव्यक्तिलाई लिएर भारतका अन्य मन्त्रीहरुले पनि विरोध जनाएका छन् । केन्द्रीय मन्त्रीहरूले बिलावाललाई ‘मानसिक रूपमा भ्रष्ट र गैरजिम्मेवार’ भनेका छन् ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले टिप्पणीलाई “नराम्रो र लाजमर्दो“ भनेका छन् ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया