१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्।
१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो ।विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।
त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ । भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्याङ्की देखाइएको छ पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्राप्त विवरणहरुमा जनाइएको छ ।घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए ।
एक्वैरम चर्को आवाज र कम्पनले फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया