साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा पराजुली चयन
मेरोन्यूज
२०७९ पुष २ गते १३:१९
काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन् ।
विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औँ वार्षिक साधारणसभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए ।
उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले व्यवसायीहरूका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारी निर्विरोध भएका छन् ।
सम्बन्धित
















वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया