प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या
मेरोन्यूज
२०७९ पुष ४ गते ८:०२
काठमाडौँ । देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।
दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लञ्चरलगायत घातक हतियार बोकेका अतिवादीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरु घटनास्थलबाट भागेका थिए ।
संदिग्धहरुको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन् ।
सम्बन्धित
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया