शनिबार, चैत ७, २०८२

यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

मेरोन्यूज २०७९ पुष ५ गते १०:४१

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार  कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अदुवा ५८ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ, नेपाली सुन्तला १०५ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया, स्थानीय काउली ३५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ । 

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ८०, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७, चम्सुरको साग ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ८६ रुपैयाँ ६७ पैसा, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया