नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी ७ गते सम्म) “चेयरपर्सन क्लव, तालिम तथा सम्मान सम्पन्न गरेको छ ।
आ.व. २०७८/२०७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढि अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक श्री सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराईएको थियो ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउनु हुँदै कम्पनीलाई अग्रस्थानमा पुर्याउँन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राखिने बताईन् ।
सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया