अन्दोलनरत पूर्वका उद्योगी व्यवसायीहरुसँग अर्थमन्त्रीको वार्ता

काठमाडौं । अन्दोलनरत पूर्वका उद्योगी व्यवसायीहरुसँगले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले पूर्वका उद्योगी व्यवसायीहरुलाई आन्दोलन छाडेर वार्ता बोलाएपश्चाद काठमाडौं आएका पूर्वका उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न माग गरेका हुन् ।
उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरुले अर्थमन्त्रीसँग बैंकर र व्यवसायी तत्कालन छुट्याउन माग गरेका छन् । उद्योगी व्यवसायीहरुले अर्थमन्त्रीलाई बैंकहरुको सेवा शुल्क घटाउन तथा तरलता सहज बनाउनका लागि कर्जा निक्षेप अनुपातको सट्टा पुँजी, कर्जा तथा निक्षेप अनुपात लागू गर्नुपर्ने माग समेत राखेका छन् । अर्थमन्त्रीसँगको छलफल पश्चात् मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अहिलेको अवस्थामा पुँजी कर्जा तथा निक्षेप अनुपात लागू लगायतका व्यवसायीका मागमा अर्थमन्त्री सकारात्मक देखिएको बताए । उनले आन्दोलन छाडेर अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएको बताए ।
उनले अर्थमन्त्री पौडेलले व्यवसायीहरुका माग सम्बोधनको लागि केही दिन धैर्य गर्न आग्रह गरेको भन्दै व्यवसायीहरुको माग सम्बोधनको लागि निर्णय गर्दा व्यवसायीहरुलाई राखेर नीति बनाउने बताए । उनले अर्थमन्त्री व्यवसायीहरुको मागप्रति सकारात्मक भएकाले माग सम्बोधन भए अर्थतन्त्रले गतिलिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी व्यवसायीहरुले राखेका ब्याजदर वृद्धि रोक्न,तरलता सहज बनाउन र पुनःकर्जाको किस्ता तिर्ने समय थप लगायतका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए । उनले अर्थमन्त्री पौडेलले चाँडै व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिए ।
त्यस्तै, उद्योगी मोतिलाल दुगडले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई असहयोग गरेकाले व्यापारीहरु पीडित भएको बताए । उनले अर्थमन्त्रीले आज भोलि नै समस्या समाधान हुन नसके पनि चाँडै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
व्यवसायीहरुले बैंकहरुको सेवा शुल्कमा ५० प्रतिशत घटाइनु पर्ने माग राखेका छन् । व्यवसायीहरुले अर्थमन्त्री समक्ष पुस मसान्तमा २० प्रतिशत पनि उद्योगीले बैंकको सावाँ ब्याज तिर्न नसक्ने जानकारी गराएका छन् ।
















भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया