मंगलबार, वैशाख २२, २०८३

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

मेरोन्यूज २०७९ पुष १५ गते ८:५५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । उनकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको हो ।

Advertisement
NiccNicc

बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

प्रतिक्रिया