जाडो छल्न आइपुगे विदेशबाट चरा

चितवन । जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।
जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले जानकारी दिए । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उनले बताए ।
विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताउनुभयो । यसले गर्दा नारायणी नदी क्षेत्रको वातावरण रमाइलो बनेको उनले बताए । हाँस प्रजातिका जलपक्षी अहिले नारायणी नदी क्षेत्र ढाकिएको उनले बताए । यसले यस क्षेत्र रमणीय बनेको संयोजक चौधरीले बताए । “अहिले धेरैजसो विभिन्न देशका चरा जाडो छल्न यस क्षेत्रमा आइसकेका छन्, नदी आसपासका क्षेत्रमा जलपक्षी प्रजातिका चराले रमणीय बनाएको छ”, चौधरीले भने।
विशेषगरी पानीमा रहने चरा यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आइपुगेको उनले बताए । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेका छन् । आन्तरिकरूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताए ।
चिसो धेरै बढेपछि जाडो छल्न र आहारका लागि विभिन्न देशबाट चरा यस क्षेत्रमा आउने गरेको उनले बताए । “चिसो अत्यधिक बढेपछि क्रमशः यस क्षेत्रमा बसाइँसराइ गरी चरा आउने गर्छन्, जाडो छल्न र आहाराको खोजीका लागि चराहरूले लामो दूरी पार गरी नेपाल आउने गरेका छन्”, चौधरीले भने ।
नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने उनले बताए । सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चरा आउने क्रम रहने संयोजक चौधरीले बताए । जाडो मौसमभरि यहाँ रहने चरा फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो बासस्थानमा फर्किन सुरु गर्ने उनले बताए । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उनले बताए ।
जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपक्षी गणनाको कार्यक्रम अबको केही दिनपछि गरिने उनले बताए । गत वर्ष यसै समयमा गरिएको चरा गणनामा नवलपुरको नारायणी नदी र यसको छेउछाउका क्षेत्रमा ३८ प्रजातिका जलपक्षी फेला परेको उनले बताए । प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहुँदा यस क्षेत्रमा चराको सङ्ख्या र प्रजाति भने कमी हुँदै गएको उनको भनाइ छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया