सफ्टवेरिकामा ‘जब प्लेसमेन्ट विक’बाट रोजगारीका लागि छानिए सय विद्यार्थी

काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीका लागि जब प्लेसमेन्ट विक सञ्चालन गरेको छ ।
आईटीमा १२ वर्ष पुरानो यस कलेजले विद्यार्थीहरूका लागि विभिन्न कम्पनीहरूमा रोजगारीका लागि पहल गर्न यस कार्यक्रम आयोजना गरिएको हो ।
‘जब प्रोभाइडर र जब सीकरबीच पुल बन्नका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ कलेज प्रमुख प्रमोद पौडेलले भने । रोजगारका लागि विद्यार्थीलाई कसरी तयार पार्ने भन्नेबारे यस कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ ।
यस कार्यक्रममा कम्प्युटिङ, इथिकल ह्याकिङ र साइबर सेकुरिटीबारे विद्यार्थी र विभिन्न कम्पनीका अधिकारीहरूबीच छलफल गराइएको थियो ।
जब प्लेसमेन्ट विकमा कलेजका पूर्व विद्यार्थी, अध्ययनरत विद्यार्थीहरू एवम् विभिन्न २० कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । बिहीबार सकिएको कार्यक्रममा १५० विद्यार्थी सहभागी भएका थिए । जसमा सय जनाभन्दा बढी विद्यार्थी छानिएको कलेज प्रमुख पौडेलले जानकारी दिए ।
सो कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीका प्रतिनिधिहरूले विविध विषयमा प्रशिक्षण समेत दिएका थिए । कलेजका पूर्व विद्यार्थी एवम् आयात डिजिटल कम्पनि प्रा।लिका सञ्चालक प्रशान्त कोइरालाले आफूले विगतमा भ्याकेन्सी अनाउन्स गर्दा पनि जनशक्ति पाउन नसकेको सुनाए । उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारका लागि समेत तयार पारेकोमा खुशी व्यक्त गरे ।
कलेजले विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धान केन्द्र समेत व्यवस्था गरेको छ । यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि स्कलरशीपको समेत व्यवस्था गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले ग्राजुएट हुनुअघि नै रोजगारी पाउने गरेको श्रेष्ठले बताए ।
साथमा ग्राजुएट भएकाहरूले पनि ३ महिनाभित्रै रोजगारी पाउने गरेको उनले बताए । कोड रसका एसोसिएट प्रोडक्ट म्यानेजर सृष्टि श्रेष्ठले विगतमा सफ्टवेरिका कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरूले रोजगारीका क्रममा राम्रो पफर्मेन्स गरेकाले अहिले पनि आफू कलेजै विद्यार्थीसँग सहकार्य गर्न आएको बताइन् ।
कार्यक्रममा लिफरक, मिदास टेक्नोलोजी, जिनिस सोलुसन, डिशहोम, हिताची इनर्जी, सुविधा सेवा, आयात डिजिटल, टेक क्राफ्ट लगायत कम्पनीहरू सहभागी थिए ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया