दुर्घटनाबाट भियतनाममा एक वर्षमा साढे छ हजारको मृत्यु
मेरोन्यूज
२०७९ पुष १५ गते १९:४६
काठमाडौँ । सन् २०२२ मा भएका सवारी दुर्घटनामा छ हजार चार जनाको मृत्यु भएको छ । यो वर्ष एघार हजार चार सय ४८ वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा चार हजार २१५ जना गम्भीर घाइते र तीन हजार ६१३ जना सामान्य घाइते भएका भियतनामी ट्राफिक प्रहरी विभागले शुक्रबार जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा सवारी दुर्घटना र सामान्य घाइतेको संख्या क्रमशः ०.३ प्रतिशत र १२.१ प्रतिशतले घटेको छ भने मृत्यु र गम्भीर घाइतेको संख्या क्रमशः ९.९ प्रतिशत र ७.९ प्रतिशतले बढेको छ ।
औसतमा यो वर्ष भियतनाममा प्रति दिन ३१ वटा सडक दुर्घटना भएका छन् भने १७ जनाको ज्यान गएको तथा २२ जना घाइते भएका छन् ।
भियतनाममा गत वर्ष भएका ११ हजार ४५४ सवारी दुर्घटनामा पाँच हजार सात सयभन्दा बढीले ज्यान गुमाएका थिए । आठ हजार घाइते भएका थिए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया