शुक्रबार, माघ १६, २०८२

यात्रु भाडामा छुटसहित सिट आरक्षणको व्यवस्था कार्यन्वयनका लागि स्टिकर टाँस

मेरोन्यूज २०७९ पुष १६ गते १६:००


लमजुङ ।  लमजुङमा अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा यात्रा गर्दा भाडामा दिइएको छुट तथा सिट आरक्षणको व्यवस्था कार्यान्वनका लागि स्टिकर  टासिएको छ । 

अपांगता भएका व्यक्तिहरूलाई सवारी भाडामा छुट उपलव्ध गराउन बेसीशहर नगरपालिका, समाजिक विकास कार्यालय, लमजुङ कालिका यातायात प्रा.लि र अपांग संरक्षण समाजले सयुंक्त रुपमा सार्वजनिक सवारी साधनमा स्टिकर टास कार्यक्रम गरेका हुन् । 
 
बेसीशहरको झ्याङखोलास्थित माइक्रो काउन्टर परिसरमा रहेका सर्वाजनिक सवारी साधानमा बेसीशहर नगरपालिकाले स्टिकर टास गरि कार्यक्रमको शुरुवात गरिएको हो । 

‘अपांगता भएका व्यक्तिरुको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८ दफा ३७.२ अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सर्वाजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा ५० प्रतिशत छुट उपलव्ध गराइने छ साथै सिट आरक्षणको व्यवस्था समेत गरिएको छ’ भनेर लेखिएको स्टिकर जिल्लाभित्र तथा जिल्ला भएर सञ्चालन हुने सबै सवारीमा टासिने भएको छ । 
सरकारले यसअघिनै आपांगता भएका व्यक्तिलाई सवारी भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सोको कार्यान्वयन भने हुन सकेको थिएन । 

प्रतिक्रिया