हुलाकडाँडामा भएको दुर्घटनामा २२ जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज भएको सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नंको हाइस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ११८७ नंको हायस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते भएको र सबै घाइतेको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।
बा३ख ६१६४ नंका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ । दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मध्यम किसिमका घाइते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया