सम्पर्कविहीन काठमाडौँका सहकारी, अद्यावधिक गर्नै अनुपस्थित

काठमाडौँ । काठमाडौँ महानगरभित्रका सहकारीको नियमनमा समस्या देखिएको छ ।
राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? भन्ने आम मानिसमा जिज्ञासा उत्पन्न भएको छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरभित्रै सहकारीको नियममा समस्या मात्रै नभई सम्र्पकविहीन भएको छ ।
महानगरअन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको संख्या अत्याधिक रहेका छन् ।
यसबाट सहकारीको मर्म एवं भावनाअनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगर मात्रै कार्यक्षेत्र रहने गरी हालसम्म दर्ता भएको सहकारीको संख्या एक हजार ९६९ रहेको छ ।
तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कविहीन भएका छन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् ।
सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नु पर्छ । तर, एक हजार बढी सहकारी अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् ।
विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार अघिल्लो पुससम्म आर्थिक वर्ष २०७७–७८ को विवरणसहित सात सय सहकारी अद्यावधिक भएका थिए । असार मसान्तसम्म पुग्दा यस्तो संख्या नौ सय हाराहारीमा पुगेको थियो । बाँकी सहकारीले एक वर्षभन्दा बढी अवधिदेखि विवरण अद्यावधिक गरेका छैनन् ।
आर्थिक वर्ष २०७८–७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति नजिकिएको छ । पुस मसान्तसम्म यस्तो विवरण बुझाउनु पर्नेमा दुई साता मात्रै बाँकी रहँदा यो संख्या ४५० हाराहारीमा मात्रै पुगेको विभागले जनाएको छ ।
यो वर्ष सहकारीको अद्यावधिक गर्न कोपोमिसमा आवद्धता र अपडेट अनिवार्य हुनुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ । यस कारणले समयमा अद्यावधिक गर्नेको संख्या थप घट्न सक्ने अनुमान विभागको छ ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया