इरानमा प्रर्दशनमा संलग्न भएको आरोपमा दुई किशोरलाई फासी
तेहरान। इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ।
महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्ताहरूलाई डर छ।
ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।एजेन्सी
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया