मंगलबार, वैशाख २२, २०८३

सिड्नीमा लागु औषध मुद्दामा ९७ जनालाई अभियोग

मेरोन्यूज २०७९ पुष १९ गते १४:४५

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको संगीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागु औषध अपराधको अभियोग लगाइएको छ ।

Advertisement
NiccNicc

सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतबार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो ।

सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजारभन्दा बढी मानिसलाई आकर्षित भएका समाचारमा जनाइएको छ ।

९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागू औषध ओसारपसार गरेको प्रहरीले जनाएको छ । तीमध्ये तीन जना लागु औषध ओसारपसार मुद्दामा पक्राउ परेका छन् ।

प्रतिक्रिया