क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी

सीउल । दक्षिण कोरियामा उत्रिएपछि परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् । मंगलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट वेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।
पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु–योङले बताए । संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन् । उनले भने, ‘उनलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ । ’
मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो । कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन् ।
कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउदै आएका सबै प्रतिबन्ध हटाएको थियो । प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ । एउटै सहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ । एजेन्सी
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया