शुक्रबार, माघ १६, २०८२

स्कारपियोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, साइकल यात्रु घाइते

मेरोन्यूज २०७९ पुष २१ गते १६:२२

काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगर १६ पसाहापुलस्थित सडकमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ग २ च ४४१३ नम्बरको स्कारपियोले प्र.२-०३-००२ प ४५८७ नम्बरको स्कुटर र साइकललाई बिहीबार बिहान ठक्कर दिएको थियो । घटनामा स्कुटर चालक सोही उपमहानगर १६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया