मकवानपुरबाट अवैध अमेरिकी डलरसहित चार जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो हेटौँडा १७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे ३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे ४ का २८ वर्षीयका कान्छा तामाङ र त्रिपुरासुन्दरी ३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनीहरूको साथबाट एक हजार ७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाइल ५ थान समेत बरामद गरिएको उनले बताए ।
उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन)सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरीले जनाएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया