शुक्रबार, माघ १६, २०८२

स्याङ्जा प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ

मेरोन्यूज २०७९ पुष २१ गते २१:१३

काठमाडौँ । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए ।

पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए । 

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए । 

प्रतिक्रिया